नियम ३४
मतपेटिका र निर्वाचन सम्बन्धी कागजात बुझाउने
(१) मतदान अधिकृतले मतदान कार्य सम्पन्न भएपछि नियम ३१ बमोजिम सुरक्षण सिल लगाईएका मतपेटिका, नियम ३३ बमोजिमका मतपत्र तथा निर्वाचन सम्बन्धी कागजात राखेका सिलबन्दी खाम र अन्य निर्वाचन सामग्री तथा कागजात जतिसक्दो चाँडो सुरक्षित रुपमा निर्वाचन अधिकृतसमक्ष बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतपेटिका, निर्वाचन सम्बन्धी सामग्री तथा कागजात बुझेपछि निर्वाचन अधिकृतले मतदान अधिकृतलाई सोको भरपाई दिनु पर्नेछ ।